बरियता ध्वस्त बनाएर एआइजी बनेका विश्वराजले रातारात सामान सारे, मुद्दा लड्न एक महिना विदा !

diyopost.com
दियो पोस्ट  सोमबार, बैशाख १९, २०७९ | १४:३४:२६

काठमाडौं । आफ्नै ब्याची एआइजी धिरज प्रताप सिंहलाई नेपाल प्रहरीको एआइजी नियुक्त गरेपछि असन्तुष्ट बनेका एआइजी विश्वराज पोखरेलले एक महिनाको विदा लिएका छन् । आइजी नियुक्ती विरुद्ध मुद्दा लड्नका लागि पोखरेलले एक महिना विदा लिएका हुन् ।

‘उहाँ यसअघि प्रहरी प्रधान कार्यालयमै रहनु भएको थियो । तर, एकाएक आइतबार राती नै उहाँले आफ्ना सामान समेत सुटुक्क सार्नु भएको छ,’ स्रोतले भन्यो ।

मानव संसाधन विभागको प्रमुखको रुपमा रहेका पोखरेल प्रहरी हेडक्वार्टरमै बस्दै आएका थिए ।

३० वर्षे प्रहरी सेवा अवधि पार गरेर आइजीपी शैलेश थापा क्षेत्रीले आइतबारदेखि अवकाश पाएका थिए । सरकराले नेपाल प्रहरीको २९ औँ आइजिपीमा पोखरेलकै ब्याचका धिरजप्रताप सिँहलाई नियुक्त गरेको थियो । डिएसपी बढुवामा एक नम्बरमा रहेका सिंह एसपीसम्म एक नम्बरमै थिए । तर, एसएसपी बढुवामा भने पोखरेलले विभिन्न राजनीतिक शक्तिकेन्द्र प्रयोग गर्दै एक नम्बरमा नाम निकाल्न सफल भएका थिए । तर, एक जना डिआइजीको निधन भएपछि सोही स्थानमा उनी जम्प गरेर बढुवा भएका थिए । जबकी उनीभन्दा सिनियरहरु एसएसपीमै थिए । तत्कालिन केपी ओली सरकारले भावि आइजीपीको लागि लाइन क्लियर गर्न एआइजीको दरबन्दी थपेरै पोखरेललाई बढुवा गरिदिएको थियो ।

तत्कालिन प्रधानमन्त्री केपी ओली र उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयुक्त निर्देशन र पहलमा उनलाई एआइजीमा बढुवा गरिएको थियो । तत्कालिन एमाले सरकारले प्रतिनिधि सभा भंगगरि अवैध रुपमा घोषणा गरेको निर्वाचन आफू अनुकुल बनाउन पोखरेललाई आईजिपी बनाउने खेल समेत चालिएको थियो । त्यति मात्रै उनलाई हुनै नसक्ने निर्वाचनको कमाण्डर समेत बनाइएको थियो ।

तर, सर्वोच्चको लगातारको आदेशपछि संसद पुनस्थापना भयो । पुनस्थापित सरकारको नेतृत्व हालका प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने अवसर पाए । त्यसपछि प्रहरीमा अन्यायमा परेका धिरज सहित अन्य तीन जना डिआइजीको दरबन्दी थपेरै बढुवा गरिएको थियो ।

सम्बन्धित खबर