अन्तत : विप्लवमाथि बहुमत केन्द्रीय सदस्यको कारबाही, महासचिवको जिम्मेवारी वास्तोलालाई !

दियो पोस्ट  

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव कारबाहीमा परेका छन् । उनको दलको चितवनमा सम्पन्न बहुमत केन्द्रीय सदस्यको भेलाले विप्लवलाई कारबाही गरि उनको स्थानमा धर्मेन्द्र बास्तोलालाई महासचिवको जिम्मेवारी दिएको छ ।

चितवनको पर्सामा बुधबार सुरु भएको विद्रोही पक्षको राष्ट्रिय भेलाले महासचिवको जिम्मेवारीबाट विप्लव र स्थायी समिति सदस्य खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई जिम्मेवारीबाट हटाएको हो ।

भेलामा ४० भन्दा बढी केन्द्रीय सदस्य रहेको जनाइएको छ । यसअघि संसदीय राजनीति बहिस्कार गर्दै आएको विप्लव समुहले यस निर्वाचनमा भने भाग लिएको थियो । सोही विषयमा पार्टी भित्र विवाद शुरु भएको थियो । यसअघि चुनाव बहिस्कारको आन्दोलनमा कयौँ युवा सहिद भएका थिए । यसअघि विप्लव समुहले हेमन्द प्रकाश ओली र वास्तोलालाई पार्टीबाट निष्काशन गर्ने कारबही गरेको थियो ।