मसलामा अखाध्य वस्तु मिसाएको पाइएपछि केपी ओलीका आर्थिक सल्लाहाकार दुगड कारबाहीमा !

diyopost.com
दियो पोस्ट  बुधबार, बैशाख २१, २०७९ | १६:०५:०७

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीका आर्थिक सल्लाहाकार मोतिलाल दुगडमाथि कारबाही भएको छ । तत्कालिन केपी ओली सरकारका उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री समेत रहेका दुगडलाई अखाध्य वस्तु उत्पादन गरेको भन्दै बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ लाख रुपैयाँ जरिवाना गरेको हो ।

विराटनगरस्थित उनको स्वामित्व रहेको दुगड स्पाइसेज एण्ड फुड इण्डस्ट्रिज प्रा.लीले उत्पादन गरेको सेन्चुरी मसलामा अखाध्य वस्तु भेटिएपछि विभागले हदैसम्मको जरिवाना गरेको हो । राष्ट्रिय उपभोक्ता मञ्च नेपालले २०७८ साउन २९ गते विभागमा उजुरी गरेको थियो ।

विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३९ को उपदफा १ अनुसार तीन लाख रुपैयाँ जरिवाना गरेको हो । त्यस्तै विभागले आगामी दिनमा गुणस्तरिय मसला उत्पादन गर्न समेत निर्देशन दिएको छ ।

‘यस मन्चले खाद्य गुणस्तर सम्बन्धी नियमन निकायको रुपमा रहेको श्री खाद्य प्रबिधि तथा गुणस्तर बिभागलाई मिति २०७८।१।४ मा आवश्यक कारवाहीको लागी मांग गरी सकेको र कारवाहीको क्रममा रहेको व्यहोरा सम्बन्धीत सबैमा अनुरोध गर्दै बिगतमा पनि बिभिन्न अनुचित व्यापारिक कृयाकलाप गर्दै आएको उक्त दुगड स्पाइसेज एण्ड फुड इण्डष्ट््िरज प्रा.लि. बिराटनगर, मोरंङबाट उत्पादन हुने सेन्चुरी ब्राण्डका मसलाहरु उपभोग गर्दा होशियार रहनको लागी सबैमा अनुरोध गर्दछौं,’ मञ्चले भनेको छ ।

 

दुगडले नेपालमा नुनको अवैध कारोबार समेत गर्दै आएका छन् । सो विषयमा समेत उजुरी परेपनि सरकारले केही कारबाही गरेको छैन ।

नुनको नक्कली प्याकेजिङ गर्दै अवैध रुपमा विक्री गर्दै आएको थियो तर, यो कसुरमा उनीमाथि कुनै पनि कारबाही भने भएको थिएन ।

उनी नेकपा एमालेको उद्योग विभाग प्रमुख समेत हुन् ।

सम्बन्धित खबर