चितवन कांग्रेसका पूर्वसभापति जितनारायण श्रेष्ठले प्रचण्डलाई भने,‘फेरी धोका नहोस्’ !

दियो पोस्ट  

काठमाडौं । नेपाली कांग्रेस चिवतनका पूर्व सभापति जितनारायण श्रेष्ठले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फेरी धोका नदिन सचेत गराएका छन् ।

चितवनको भरतपुर महानगरपालिकामा आयोजित विशाल चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘हाम्रो पार्टीका सोझो सभापति जो बोल्नुहुन्छ त्यो गर्नु हुन्छ । भोलीका दिनमा हिँजोको जस्तो ढाँट्ने काम नहोस्,’ उनले भने ।

आगामी वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा महानगरको मेयर पदका उम्मेदवार रेणु दाहाललाई विजय गराएरै छाड्ने प्रतिबद्धता उनले जाहेर गरेका छन् ।