दक्षिणकालीमा कांग्रेसको चुनाव प्रचार प्रसारमा सामुदायीक विद्यालयको ‘बस’, निर्वाचन आयोग बेखबर !

diyopost.com
दियो पोस्ट  आइतबार, बैशाख २५, २०७९ | १३:३४:५३

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि दलहरु दौडधुपमा छन् । निर्वाचनको तयारीमा रहेका दलहरुले निर्वाचन आचार संहिताको धज्जी उडाएका छन् । केहीले नमुना मतपत्रमा पैसा बेरेर दिएका छन् त केहीले मतदातालाई धम्की दिइरहेका छन् ।

काठमाडौंको दक्षिणकाली नगरपालिकामा भने नेपाली कांग्रेसका कार्यकर्ताले विद्यालयको गाडी कब्जामा लिएर पार्टी काममा प्रयोग गरेका छन् । दक्षिणकाली नगरपालिका वडा नम्बर ८ मा आयोजित कांग्रेसको र्यालीमा उनीहरुले शिखरापुर सामुदायीक क्याम्पसको बस प्रयोग गरेका हुन् । उक्त स्कुल बसमा पार्टीको झण्डा प्रयोग भएको देखिन्छ ।

दुरुपयोग भएको हो : प्रअ निरोज श्रेष्ठ

यता शिखरापुर कम्युनिटी क्याम्पसका पिन्सिपल निरोज श्रेष्ठले आफूहरुको स्कुलको नाम भएको सवारी साधनको दुरुपयोग भएको स्विकार गरे । ‘पहिलो कुरा अहिले विद्यालय बन्द छ । दोस्रो कुरा त्यो गाडी हामीले भाडामा लिएका हौँ । भाडामा लिएपनि उक्त गाडीमा हाम्रै क्याम्पसको नाम उल्लेख छ । विदामा रहेका बेला गाडीवालाले पार्टीको कार्यक्रममा लिएर गएछ,’ उनले दियोपोस्टसँग भने,‘यो थाहा पाएपछि हामीले तुरुन्त खबर गर्यौँ र अहिले ५ नम्बर वडामा गाडी पार्किङ गरेर राखिएको छ । सम्बन्धित दलले यो दुरुपयोग गरेको हो । हामी अब यो गाडी प्रयोग नगर्नपनि सक्छौँ । हामी स्वतन्त्र हौँ । जुन दलले हामीले भाडामा लिएको गाडी प्रयोग गरेको छ त्यो दलमा हामी आबद्ध होइनौँ ।’

 

 

सम्बन्धित खबर