‘भरतपुरमा केपी ओलीले उत्तेजक भाषण गरेको २४ घण्टा नबित्दै कसरी भयो तरुण नेताको हत्या !’

दियो पोस्ट  

चितवन । आइतबार नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियार (कान) माथि चितवनमा छुरा प्रहार गरी हत्या गरियो । त्यसको ठीक एकदिन अघि नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनमै उत्तेजक भाषण गरेका थिए ।

यो घटनालाई लिएर नेपाल तरण दल चितवनले केपी ओलीको नाम समेत मुछेको छ ।’

भरतपुर–७ कृष्णनगर खेलकुद मैदान अगाडि मोटरसाइकलमा हिडिरहेका परियारमाथि अज्ञात समूहले आइतबार साँझ एक्कासी रोकेर छुरा प्रहार गरेको कांग्रेस चितवनले जनाएको छ ।

 

छुरा प्रहारबाट घाइते भएका उनलाई तत्कालै चितवन मेडिकल कलेज पुर्याइएको भए पनि डाक्टरहरुले मृत घोषणा गरेका थिए ।

 

छुरा प्रहारबाट घाइते भएका परियारलाई उपचारका लागि चितवन मेडिकल कलेजमा पुर्याइए पनि उनको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।

कान नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि हुँदै नेपाली कांग्रेस, बागमती प्रदेश प्रतिनिधिमा निर्विरोध चयन भएका थिए । कान गत बर्ष मात्र चितवन कारागारमा एक वर्ष कैद सजाय काटेर रिहा भएका थिए ।

नेपाल तरुण दल जिल्ला कार्य समिति चितवनले नेपाली कांग्रेसका बागमती प्रदेश प्रतिनिधि तथा नेपाल दलित संघ र नेविसंघ चितवनका पूर्व सदस्य अनिल परियार ‘कान’माथि योजनाबद्ध तवरले नियोजित आक्रमण गरेर हत्या गरिएको आरोप लगाएको छ । घटनाको २ दिनसम्म प्रहरीले कोही कसैलाई पक्राउ गर्न सकेको छैन ।

 

तरण दलले सोमबार एक विज्ञप्ति जारी गर्दै स्थानिय निर्वाचनको पूर्व सध्यामा योजनाबद्ध तवरले लोकतान्त्रिक संगठनमा आवद्ध युवा माथि नियोजित आक्रमण हुनु निर्वाचनलाई विथोल्ने पड्यन्त्र भएको तरुण दलले महशुस गरेको समेत जनाएको छ ।

 

त्यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उत्तेजित भाषण गरेको २४ घण्टा नबित्दै उक्त घटना हुनुले नेकपा एमाले निकट सदस्यहरुको संग्लनता त छैन ? भन्ने प्रश्न समेत तरुण दलले उठाएको छ ।

 


तरुण दल चितवनका अध्यक्ष राजन ताम्राकार र सचिव प्रल्हाद उप्रेतीद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘हिजै मात्र नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको उत्तेजित भाषण हुन्, त्यसको २४ घण्टा नबित्दै उक्त घटना घट्नु कतै यस घटनामा नेकपा एमाले निकट सदस्यहरुको संग्लनता त छैन ? भन्ने हामीले महशुस गरेका छौं ।’

 

नेपाल तरुण दलले यस्ता जघन्य अपराधको घोर भत्सर्ना गर्दै उक्त घटनाको सत्यतथ्य छानविन गरी अविलम्ब दोषी उपर कारवाहिको लागि पहरीप्रशासन समक्ष जोडदार माग समेत गरेको छ ।

अनिलको मृत्युपछि सत्तारुढ गठबन्धनका तर्फबाट मेयरकी प्रत्यासी रेनु दाहालले सामाजिक सञ्जालमा निशब्द भन्दै श्रद्धाञ्जली दिएकी छिन् ।