काठमाडौं । भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत अवस्थामा भेटिएकी छन् । यद्धपी घटनाको पूरा विवरण आइसकेको छैन ।
नेपालगञ्ज निवासी सन्जु काठमाडौंस्थित आफन्तकोमा बस्दै आएकी थिइन् । एसियाली खेलकुदको तयारीका लागि भने उनी प्रशिक्षक सञ्जय महर्जनको घरमा थिइन् । ललितपुरको लुभुस्थित प्रशिक्षक महर्जनको घरमा बस्दै आएकी उनी आज बिहान मृत अवस्थामा फेला परेको उनी निकट स्रोतले बतायो ।
सन् २०१९ को डिसेम्बरमा नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुदमा सञ्जुले ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् ।