निर्वाचन आचारसंहिता उलंघन गरेको भन्दै १३९ मिडियामाथि प्रेस काउन्सिलको कारबाही ! (सुची)

दियो पोस्ट  

काठमाडौं । स्थानिय तह निर्वाचन आचार संहिता उलंघनको आरोपमा प्रेस काउन्सिल नेपालले विभिन्न संचारमाध्यममाथि कारबाही गरेको छ ।
काउन्सिलका सुचना अधिकारी रामशरण बोहोराका अनुसार १३९ मिडियालाई कारबाही गरिउको छ । त्यस्तै ४४ वटा वेब पोर्टललाई नेपाल भित्र सम्प्रषण हुन नसक्ने व्यवस्था र २५ पत्रकारलाई ध्यानाकर्षण गराइएको छ ।

बोहराका अनुसार १३९ संचार माध्यममा गत चैत्र २६ गतेदेखि हालसम्म १५० वटा भन्दा बढी आचारसंहिता प्रतिकुल सामग्री सम्प्रेषण भएका छन् । ती मध्ये ३६ वटा संचार माध्यमलाई स्पष्टिकरण सोधिएकोमा २ संचार माध्यमबाट पेश भएको स्पष्टिकरण चित्त बुझ्दो नदेखिएकाले प्रथम पृष्ठमै क्षमायाचना प्रकाशन गर्न निर्देशन दिएको छ । त्यस्तै ८१ वटा संचार माध्यमलाई आचारसंहिता पालना गर्न निर्देशन दिएको छ । १७ वटालाई सचेत गराइएको छ । १७ वटालाई ध्यानाकर्षण गराइएको छ । आजै राती शुरु हुने मौन अवधिमा आचार संहिता पालनामा थप सचेत रहन समेत काउन्सिलले निर्देशन दिएको छ ।

कुन संचारमाध्यममाथि कस्तो कारबाही ?