काठमाडौं । सामाजिक संजालमा भाइरल पुण्य गौतम नेकपा एमाले प्रवेश गरेका छन् । राजधानीको भृकुटीमण्डपमा आयोजित जनसभाबीच उनी एमाले प्रवेश गरेका हुन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मञ्चमै खुट्टामा ढोगेका छन् ।
त्यस क्रममा उनले अहिलेको दुनियाँमा ओलीको स्थान भ्लादिमिर पुटिन र सि जिनपिङको जस्तै भएको बताए । उनले ओली राजनेता भएको पनि बताए ।