भालुवाङबाट नेकपा बहुमतका संयोजक धर्मेन्द्र वास्तोला पक्राउ

दियो पोस्ट  

काठमाडौं । केहीदिन अघि मात्रै नेपाल कम्युनिष्ट पार्टी बहुमतको अध्यक्ष घोषित धमेन्द्र वास्तोला पक्राउ परेका छन् । उनलाई विहिबार विहानै विनाकारण गिरफतार गरिएको भन्दै नेकपाका कार्यकर्ताले आक्रोश पोखेका छन् ।

उनलाई आफ्ना घर सुर्खेत जाँदै गर्दा दाङको भालुवाङबाट पक्राउ गरिएको हो । निर्वाचन बहिष्कार गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । केहीदिन अघि मात्रै वास्तोला पार्टी संयोजक भएका थिए । विप्लवलाई महासचिवबाट हटाएर उनलाई संयोजक बनाइएको थियो ।