काठमाडौं । प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरी उपरिक्षक डम्बर विकलाई रकुम खटाइएको छ । स्थानिय तहको निर्वाचनलाइृ लिएर दिनहुँजसो कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप हुन थालेपछि एसपी विकलाई खटाइएको हो ।
त्यस्तै साथै निर्वाचन अनुगमन गर्न सरकारले झक्कप्रसाद आचार्यको टोली पनि पश्चिम रुकुममा पठाएको छ । आचार्य कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव हुन् ।
गएराती पनि कांग्रेस कार्यकर्ताको कुटाईबाट माओवादी केन्द्रका वडासदस्यका उम्मेदवार तुलसीराम बुढासहितका कार्यकर्ता घाइते भएका छन् ।
रुकुम पश्चिममा ७६ मतदान स्थलमा १३९ मतदान केन्द्र छन् । प्रजिअ घिमिरेका अनुसार १२ मतदान स्थल सामान्य, १९ अतिसंवेदनशील र ४५ संवेदनशील भनेर वर्गीकरण गरिएको छ । १३९ वटै मतदान स्थलमा मतदान अधिकृत र सुरक्षाकर्मीसहितको टोली पुगेर सम्पूर्ण तयारी पूरा जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।