रुकुम । रुकुम पश्चिमस्थित सानीभेरी गाउँपालिकाकाको एक नम्वर वडामा माओवादी केन्द्रका तर्फबाट टेक बहादुर पुन विजयी भएका छन् ।
वडाध्यक्षसहित नेकपा माओवादी केन्द्रको पुरै प्यानल नै विजयी भएको हो । उनले ५ सय ६१ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्दी नेपाली कांग्रेसका खले पुनले २ सय ८१ मत प्राप्त गरेका छन् ।। वडा विजयी वडा सदस्यहरुमा महिला सदस्य विमला वि क रोकाले ४६६, दलित महिला सदस्य तुलसा सुनारले ५३३, खुल्ला वडा सदस्यहरु, कालो पुनले ५३३, मंगले कामीले ४९२ मात प्राप्त गरेका छन् ।