काठमाडौं । धादिङ्गको निलकण्ठ नगरपालिका वडा नम्बर ३ अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजकुमार श्रेष्ठ डाँडाघरेले आफूहरुमाथि गुण्डा नाइके भनेर चिनिने राधाकृष्ण भण्डारी उर्फ राधेले धम्की दिएको बताएका छन् । राधेको धम्कीबारे जिल्ला प्रहरी कार्यालयलाई पटक पटक खबर गर्दा पनि कुनै सुनुवाई नभएको उनको गुनासो छ ।
राधेको गुण्डागर्दी विरुद्ध स्थानियबासीले आन्दोलनको घोषणा गरेका छन् ।
‘राधेले मतदानको समयमा बीच बजारका रामकृष्ण अमात्य र राम प्रसाद खनाल लगायत केही व्यक्तिहरुलाई ज्यान मार्ने धम्की दिएको, दिनभर मोटरसाइकलमा बसी घर अगाडी आई धम्काउने, तल माथी हिँड्दा पनि चोर औँलालले ठड्याएर पख्लास् मार्छु भनि धम्काएको त्यसपछि वर्गर हाउस वरपर उसैको ग्याङ्ग जम्मा गरि आक्रमण गर्ने तयारी भई रहेको जानकारी पाएपछि प्रहरी प्रशासनलाई खबर गरिएको तर पनि निज राधे भण्डारी, प्रकाश तामाङ्ग (लापाली) समेतको ग्याङ्गलाई समात्ने काम नभएको हुँदा स्थानिय बजारबासी आक्रान्त भएकोले नीजहरुको खोजी गरि कानुनी कठघरामा नल्याएसम्म आन्दोलनको प्रक्रिया अगाडी बढाउन भोली विहान ६ ः ३० (आजै विहान) बजे बीच बजारमा सम्पूर्ण बजारबासी, सामाजिक संघ संस्था, प्रतिनिधि एवं संचारकर्मी, पत्रकार ज्यु सबैमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु,’ उनले लेखेका छन् ।
उनका अनुसार निलकण्ठ क्याम्पसस्थित मतदान स्थलमा ज्येष्ठ नागरिक तथा असक्तलाई मतदानमा सहजिकरण गर्ने क्रममा राधेले श्रेष्ठका धम्की दिएका थिए । त्यतिबेला नै राधेले ज्यान मार्ने धम्की दिएको उनको आरोप छ ।