स्याङ्जा । एमालेकी सचिव पद्मा अर्यालले ठूलो पराजय व्यहोर्नु परेको छ । तत्कालिन केपी ओली सरकारको भूमि सुधार मन्त्री समेत रहेकी अर्यालको श्रीमानले वडा सदस्यमै निर्वाचन हारेका छन् ।
उनको श्रीमात लक्ष्मीपति पौडेल वालिङ नगरपालिका वडा नम्बर एकबाट सदस्य पदमा पराजित भएका हुन् । करिब पाँच सयको मतान्तरसहित नेपाली काङ्ग्रेसका २६ वर्षीय शम्भव अर्याल निर्वाचित भएका हुन् ।
पद्माले आफ्ना श्रीमानलाई जिल्ला समन्वय समितिको संयोजक पद दिलाउने गरि वडा सदस्यमा उठाइएको थियो । निर्वाचनमा पराजित भएपछि उनले सामाजिक सञ्जालमा सद्भाव बटुल्ने कोशिस गरेका छन् ।
‘ चुनावमा गएपछि हार जित भै हाल्छ। जितेको अबस्थामा जनताकै काम गर्ने हो,हारेको अबस्थमा जितेकालाई जनताको काम गर्न लगाउने हो । सबै साथीहरु धैर्य बनौं। निर्वाचन अभियानमा सहयोग गर्नुहुने र मतदान गर्नुहुने सबैमा हार्दिक आभार सहित धन्यवाद,’ उनले लेखेका छन् ।