यी हुन् पद्मा अर्यालको श्रीमान लक्ष्मिपतिलाई वडा सदस्यमै हराइदिने २६ वर्षिय संभव !

दियो पोस्ट  

स्याङ्जा । कुनै समय नेकपा एमालेको अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा सबैभन्दा हर्ताकर्ता मन्त्री थिइन् पद्मा अर्याल । उनै पद्माले गुठिसम्बन्धी विवादास्पद विधयक ल्याउँदा काठमाडौंबासी आन्दोलित बन्नु परेको थियो ।

भूमिसम्बन्धी ऐन २०२१ लाई सेटिङमै संशोधन गर्दा देशभर एक लाख ८७ हजार रोपनीभन्दा बढी हदबन्दी छुटको सरकारी जग्गा कौडीको भाउमा विक्री गर्ने सरकारी चालबाजीपछि अदालतमा मुद्दा समेत पर्यो । उक्त ऐन कार्यान्वयन नगर्न भन्दै सर्वोच्च अदालतले आदेश नै दिनु परेको थियो । उनै पद्मा अर्यालको राजनीतिक जिवनमा एउटा ठूलो धक्का लागेको छ । उनका श्रीमान लक्ष्मी पति पौडेलले वडा सदस्यमै हार व्यहोर्नु परेको छ ।

वालिङ नगरपालिका वडा नम्बर एकबाट सदस्य पदमा पराजित भएका उनी करिब पाँच सयको मतान्तरसहित नेपाली काङ्ग्रेसका २६ वर्षीय शम्भव अर्याल निर्वाचित भएका हुन् ।

 

पद्माले आफ्ना श्रीमानलाई जिल्ला समन्वय समितिको संयोजक पद दिलाउने गरि वडा सदस्यमा उठाइएको थियो । निर्वाचनमा पराजित भएपछि उनले सामाजिक सञ्जालमा सद्भाव बटुल्ने कोशिस गरेका छन् ।

सम्बन्धित खबर