BREAKING:: गुण्डा नाइके राधे भण्डारी पक्राउ !

दियो पोस्ट  

धादिङ । धादिङमा राजनीतिको आवरणमा गुण्डागर्दी गर्दै आएका गुण्डा नाइके राधाकृष्ण भण्डारी उर्फ ‘राधे’ पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङको टोलीले उनलाई केही समयअघि पक्राउ गरेको प्रत्यक्षदर्शीले दियोपोस्टलाई जानकारी दिएका छन् ।

भण्डारीको समुहले शनिबार साँझ धादिङवेशीस्थित निलकण्ठ ३ का स्वतन्त्र उम्मेदवार राजकुमार श्रेष्ठलाई ज्यानमार्ने धम्की दिएका थिए । उनको समुहले बीचबजारमा केही समय आतंक नै मच्चाएको थियो ।

यस विषयमा प्रतिक्रिया लिन धादिङका एसपी राकेश सिंहलाई फोन गर्दा उनले फोन उठाएनन् ।

त्यस्तै सुचना अधिकारी डिएसपी जागेश्वर भण्डारीे पनि सम्पर्कमा आउन चाहेनन् ।

राधे ग्याङ्गको गुण्डागर्दी : वडाध्यक्षको उम्मेदवारलाई धम्की, प्रहरी मुकदर्शक !