धादिङ । जिल्लाको सदरमुकाम धादिङवेशीस्थत नीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा स्वतन्त्र उम्मेदवार राजकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ९६३ मत पाए भने उनका प्रतिद्वन्दी गोपिकृष्ण भण्डारीले ४ सय ६३ मत पाए । त्यस्तै माओवादी केन्द्रका नारायण कुमार श्रेष्ठले २ सय ४८ मत मात्रै पाए ।
नेपाली कांग्रेसले वडाध्यक्षमा गुण्डा नाइके राधाकृष्ण भण्डारी राधेका भाई गोपिकृष्ण भण्डारीलाई वडाध्यक्षको टिकट दिएपछि राजकुमार श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले गुलाफ चिन्ह पाएका थिए ।
यसअघि सोही वडा सदस्य समेत रहेका गोपी विभिन्न आपराधिक घटनामा समेत समलग्न छन् । उनै गोपिलाई हराएर श्रेष्ठले जिल्ला सदरमुकाममै स्वतन्त्रको झण्डा उठाएका हुन् ।