काठमाडौंको गोकर्णेश्वरमा लौरो चिन्ह लिएका स्वतन्त्र उम्मेदवार विजयी !

दियो पोस्ट  

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ४ मा लौरो चिन्ह लिउर स्वतन्त्र उम्मेदवार बनेका जयराम महत वडा अध्यक्षमा विजयी भएका छन् ।

उनी एक हजार २७ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । महतका निकटतम प्रतिद्धन्द्धि एमालेका श्रीकुमार श्रेष्ठले ९२९ मत ल्याए भने कांग्रेसका ज्ञानकुमार श्रेष्ठले ७९४ मत ल्याएका थिए ।

कांग्रेसले उम्मेदवार बन्न नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका महतलाई नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धनले साथ दिएको थियो ।

वडा सदस्यमा कांग्रेसबाट दलित महिला सदस्यमा सुनिता परियारसहित २ खुल्ला सदस्य र एमालेले एक महिला सदस्य जितेको छ ।

कांग्रेसका कृष्ण श्रेष्ठ र राजेश श्रेष्ठ हुन् भने एमालेकी गौरी श्रेष्ठ सदस्य बनेका छन् ।

सम्बन्धित खबर