काठमाडौं । धादिङको ससाहमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनता समाजवादी पार्टीका तर्फबाट निलकण्ठ नगरपालिका ७ मा वडा सदस्यको उम्मेदवार बनेका अर्जुन पोखरेल रहेका छन् ।
पोखराबाट धादिङबेसी आउदै गरेको वागमती प्रदेश०२–०३३ प ३३९४ नम्बरको मोटरसाइकललाई धादिङबेसीबाट काठमाडौँतर्फ जाँदै गरेको बा ५ ख ७०७२ नम्बरको आइचर ट्रकसँग ठोक्किएर नीलकण्ठ ७ का २९ वर्षीय पोखरेलको मृत्यु भएको हो ।
उनीसँगै सवार नीलकण्ठ ३ का सन्तोष अधिकारी गम्भीर घाइते भएका छन् ।
पोखरेलको धादिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो भने गम्भीर घाइते अधिकारीलाई थप उपचारको लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
निलकण्ठ ७ को मत गणना हुँदैछ । मत गणना नहुँदै वडा सदस्यका उम्मेदवार पोखरेलको दुखद निधन भएको हो ।