भरतपुरमा फेरी रेणुलाई अग्रता : देवी ज्ञवालीकै वडामा विजय भन्दा रेणु अगाडी !

दियो पोस्ट  

 

भरतपुर । स्थानिय तहको निर्वाचनमा सबैभन्दा चर्चाको केन्द्र बनेको चितवनको भरतपुर महानगरपालिकाको मतगणना रोचक हुँदैछ । सत्तारुढ ५ दलिय गठबन्धनकी साझा उम्मेदवार रेणु दाहालले ५०३९ मत प्राप्त गरेकी छिन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमाले र राप्रपा गठबन्धनका उम्मेदवार विजय सुवेदीले ५०२७ मत ल्याएका छन् । हालसम्म १५ हजार ३१ मत गणना गरिएको छ ।

त्यस्तै कांग्रेसका बाघी उम्मेदवार जगन्नाथ पौडेलले २३ सय ५५ मत पाएक छन् । हाल देवी ज्ञवालीको क्षेत्र रहेको वडा नमबर ४ मा गणना गरिएको हो । यही वडामा रेणुले १ हजार ३ मत पाएकी छिन् भने उनका प्रतिद्वन्दी सुवेदीले ९ सय ७५ मत पाएका छन् ।