राप्रपाको गढ मानिने रुविभ्याली गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका रामसिंह तामाङ विजयी

diyopost.com
दियो पोस्ट  मंगलबार, जेठ ०३, २०७९ | ६:०३:१५

धादिङ । धादिङको रुविभ्याली गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका युवा नेता रामसिंह तामाङ निर्वाचित भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको गढ मानिने उक्त क्षेत्रमा तामाङ विजयी बनेका हुन् ।

माओवादी केन्द्रका तामाङले २७९२ मत पाएर विजयी बने भने उनका निकटतम प्रतिद्वन्दी राप्रपाका गोम्वा घलेले २५९७ मत पाए ।

उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार फे लामा तामाङ विजयी भएका छन् । उनले २९०३ मत प्राप्त गरे भने उनका प्रत्यासी राप्रपाधा धनकुमारी तामाङले २१३२ मत प्राप्त गरिन् ।

सम्बन्धित खबर