खनियाबास गाउँपालिका अध्यक्ष / उपाध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवार विजयी

दियो पोस्ट  

धादिङ । धादिङको खनियाबास गाउँपालिका अध्यक्षमा सत्ता गठबन्धनका साझा उम्मेदवार रणबहादुर तामाङ विजयी भएका छन् । कांग्रेसकै बाघी उम्मेदवार फूल बहादुर तामाङलाई हराउँदै उनी निर्वाचित भएका हुन् ।

तामाङले १६०९ मत पाए भने उनका प्रत्यासी बाघी फूल तामाङले १३९६ मत पाए । यता नेकपा एमालेका उम्मेदवार इमाल तामाङले १०६३ मत पाएर तेस्रो बनेका छन् ।

उपाध्यक्षमा पनि सत्ता गठबन्धनकै उम्मेदवार सेकेमान तामाङ निर्वाचित भएका छन् ।

उनले राप्रपाकी मरियम तामाङलाई ६ सय मतान्तरले हराएका छन् ।

सेकेमानले १८३७ मत पाएका छन् भने उनका प्रत्यासी मरियमले १२३७ मत पाएकी थिइन् ।