भरतपुर महानगरपालिकामा रेनु दाहालको अग्रता कायमै, जगन्नाथले कति मत पाए ?

दियो पोस्ट  

चितवन । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छिन् । वडा नम्बर ४ को मतगणना सकिँदा रेनुले ५ हजार ७१८ मत पाएकी छन् ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका विजय सुवेदीले ५ हजार ६८९ र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ६८८ मत पाएका छन् । रेनुले विजयलाई २९ मतले अग्रता राखेका छन् ।
उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ६ हजार ९८५ मतसहित अग्रता लिएका छन् । राप्रपाकी हिमला गुरुङको पक्षमा ४ हजार ६४५ मत परेको छ ।

४ नम्बर वडाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ३ हजार ५०१ मतसहित निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवारले १ हजार ६३३ र राप्रपाका उम्मेदवारले ८८० मत पाएका छन् ।