धादिङ । स्थानिय तह निर्वाचन २०७९ को मत परिणाम आउने क्रम जारी छ । हालसम्म प्राप्त मत परिणाम अनुसार नेकपा माओवादी केन्द्रले एउटा गाउँपालिका जितेको छ । त्यस्तै नेपाली कांग्रेसले पनि एउटा गाउँपालिका जितेको छ । माओवादी केन्द्रका रामसिंह तामाङले रुविभ्याली भ्याली गाउँपालिकामा विजयको झण्डा फहराएका छन् । त्यस्तै नेपाली कांग्रेसका नेता रणबहादुर तामाङ पुन खनियाबास गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । रुविभ्यालीको उपाध्यक्षमा कांग्रेसकै फे लामा तामाङ निर्वाचित भएका छन् भने खनियाबास गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका सेकेमान तामाङ निर्वाचित भएका छन् ।
हालसम्म प्राप्त मत परिणाम अनुसार नेकपा माओवादीले २० वटा वडामा आफ्नो जित हासिल गरेर पहिलो बनेको छ । अधिकांश वडाहरुमा माओवादी केन्द्र एक्लै निर्वाचन लडेको हो ।
त्यस्तै नेपाली कांग्रेसले १९ वटा वडामा जित हात पारेर दोस्रो बनेको छ । नेकपा एमालेले १३ स्थानको वडाध्यक्ष जितेको छ । वडामा निर्वाचितहुनेमा एमाले तेस्रो शक्ति बनेको छ ।
त्यस्तै एकीकृत समाजवादीले ५ स्थानमा वडाध्यक्ष निर्वाचित भएर चौथो स्थान सुरक्षित गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले चार वडामा जित हात पारेको छ ।
धादिङमा तीन वडाहरुमा भने स्वतन्त्र उम्मेदवार विजयी बनेका छन् । जनता समाजवाद िपार्टीले पनि एउटा वडा जित्न सफल भएको छ ।
कसले कुन पालिका जिते ? सुचीसहित
हालसम्म निर्वाचित धादिङका गाउँपालिका अध्यक्षहरु
१. रुबीभ्याली गाउँपालिका : रामसिंङ तामाङ, नेकपा माओवादी केन्द्र ।
२. खनियाँबास गाउँपालिका : रणबहादुर तामाङ, नेपाली कांग्रेस ।
हालसम्म निर्वाचित गाउँपालिका उपाध्यक्षहरु
१. रुविभ्याली गाउँपालिका : फे लामा तामाङ, नेपाली कांग्रेस
२. खनियाँबास गाउँपालिका : सेकेमान तामाङ, माओवादी केन्द्र ।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्षहरु
नीलकण्ठ नगरपालिका १ गणेशबहादुर गुरुङ
नीलकण्ठ नगरपालिका २ मा ध्वजबहादुर गुरुङ
नीलकण्ठ नगरपािलका ५ रामबहादुर श्रेष्ठ
धुनीबेसी नगरपालिका १ मानबहादुर तामाङ
धुनीबेसी नगरपालिका ६ मा रमेश आचार्य
बेनिघाट रोराङ गाउँपालिका २ हेमराज भुजेल
बेनीघाट रोराङ गाउँपालिका ४ मा राजु बहादुर मगर
बेनिघाट रोराङ गाउँपालिका ५ शिव सिलवाल
बेनिघाट रोराङ गाउँपालिका ६ मा टेकनाथ सिल्वाल
बेनिघाट रोराङ गाउँपालिका ७ मा कुमार बस्नेत
बेनीघाट रोराङ गाउँपालिका ८ राजकुमार श्रेष्ठ
गल्छी गाउँपालिका ३ राजन भुजेल
गल्छी गाउँपालिका ५ सरोज तामाङ
गजुरी गाउँपालिका१ मा तारा भण्डारी
गजुरी गाउँपालिका ५ मा गोबिन्द लामिछाने
गजुरी गाउँपालिका ६ भक्त ब तामाङ
गजुरी गाउँपालिका ७ मा बद्री जम्कट्टेल
सिद्धलेक गाउँपालिका १ मा पेमा लामा
गंगाजमुना गाउँपालिका १ बहादुर सिङ लामा
थाक्रे गाउँपालिका २ मा टिकाराम तामाङ
नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरु
नेत्रावती डबजोङ गाउँपालिका १ ठाकुर गुरुङ
नेत्रावती डब्जोङ गाउँपालिका २ मिनबहादुर तामाङ
नेत्रावती डब्जोङ गाउँपालिका ३ मा सुरेश गुरुङ
रुविभ्याली गाउँपालिका१ पम्बर तामाङ
बेनिघाट रोराङ गाउँपालिका १ जीवन सिं तामाङ
ज्वालामुखी गाउँपालिका २ मा राजु लोप्पा
ज्वालामुखी गाउँपालिका ३ उमेश श्रेष्ठ
ज्वालामुखी गाउँपालिका ६ किशोर सेढाई
गजुरी गाउँपालिका २ मा द्रोण कडेल
गजुरी गाउँपालिका ३ ऋषिलाल श्रेष्ठ
गजुरी गाउँपालिका ४ सुरेन्द्र चेपाङ
गल्छी गाउँपालिका ४ राजु अधिकारी
त्रिपुरासुन्दरी गाउँपालिका १ भिम प्रसाद भट्ट
धुनीबेसी नगरपालिका ३ मा प्रकाश हमाल
सिद्धलेक गाउँपालिका २ मा सागर गुरुङ
खनियाबास गाउँपालिका ४ लिलामान तामाङ
गल्छी गाउँपालिका ६ मा दिपक कार्की
रुबिभ्याली गाउँपालिका ५ रम्बा तामाङ
गंगाजमुना गाउँपालिका २ बलबहादुर तामाङ
नेकपा एमालेका तर्फबाट निर्वाचित वडाध्यक्षहरु
गल्छी गाउँपालिका १ यदुकुमार खतिवडा
गल्छी गाउँपालिका २ षडानन्द खनाल
गल्छी गाउँपालिका ७ हरिप्रसाद खतिवडा
थाक्रे गाउँपालिका १ श्याम सुन्दर थापा
बेनीघाट रोराङ गाउँपालिका ३ मा भुवन त्रिपाठी
ज्वालामुखी गाउँपालिका १ कृष्ण गिरी
नीलकण्ठ नगरपालिका ४ मा हरि बहादुर श्रेष्ठ
सिद्धलेक गाउँपालिका ३ देव पुलामी मगर
त्रिपूरासुन्दरी गाउँपालिका २ कृष्ण बहादुर खत्री
त्रिपुरासुन्दरी गाउँपालिका ३ मा कमल बहादुर थापा
खनियाबास गाउँपालिका ५ रविन तामाङ
नेत्रावती गाउँपालिका ४ मा तिल बहादुर गुरुङ
एकीकृत समाजवादीबाट निर्वाचित वडाध्यक्षहरु
धुनीबेसी नगरपालिका २ मा लक्ष्यजित तामाङ
धुनीबेसी नगरपालिका ४ हरि सुवेदी विजयी
गंगाजमुना गाउँपालिका ७ मा रविन अधिकारी
रुविभ्याली गाउँपालिका २ रुप घले
रुबीभ्याली गाउँपालिका ६ समिर गुरुङ
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित वडाध्यक्षहरु
खनियाबास गाउँपालिका १ सोनाम बहादुर तामाङ
खनियाबास गाउँपालिका २ अरुण कुमार पाख्रिन
खनियाबास गाउँपालिका ३ कमनसिं तामाङ
रुबीभ्याली गाउँपालिका ४ प्रशान्त तामाङ
स्वतन्त्रबाट निर्वाचित वडाध्यक्षहरु
नीलकण्ठ नगरपालिका ३, राजकुमार श्रेष्ठ
ज्वालामुखी गाउँपालिका ४ कृष्णबहादुर गुरुङ
धुनीबेसी नगरपालिका ५ मा विशाल भट्टराई
जनता समाजवादी पार्टीबाट निर्वाचित वडाध्यक्ष
रुबीभ्याली गाउँपालिका ३ मा फेदोर्जे तामाङ