राप्रपाबाट वीरगन्ज महानगरको मेयरमा उठेका पत्रकार गिरिश गिरीलाई २ सय ५० मत !

diyopost.com
दियो पोस्ट  मंगलबार, जेठ ०३, २०७९ | ११:१५:४०

काठमाडौं । तामझामसहित वीरगञ्ज महानगरपालिकाको मेयरको उम्मेदवारी दिएका पत्रकार गिरिश गिरीलाई जमानत जोगाउनै धौ धौ परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट मेयर पदको उम्मेदवार बनेका गिरीले हालसम्म जम्मा २ सय ५० मत पाएका छन् ।

सत्तारढ दल जनता समाजवादीका तर्फबाट मेयर पदका उम्मेदवार बनेका राजेशमान सिंहले सबैभन्दा धेरै मत अर्थात ७ हजार ३ सय २० मत पाएर अग्रस्थानमा छन् । त्यस्तै नेकपा एमालेबाट मेयर पदको उम्मेदवार बनेका विजयकुमार सरावगीले ३१०९ मत पाएका छन् ।

उपमेयर तर्फ सत्ता गठबन्धनकै उम्मेदवार नेपाली कांग्रेसका नेता इम्तियाज आलम पहिलो नम्बरमा छन् उनले ४ हजार ९ सय ३२ मत ल्याएका छन् । त्यस्तै उपमेयरका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका नेता पुरषोत्तमलाल झाले ७ सय ८३ मत मात्रै पाएका छन् ।

राप्रपाबाट उपमेयर उम्मेदवार बनेका बिना जैसवालले भने गिरीले भन्दा १ सय ३० मत बढी ल्याएका छन् । उनले ३ सय ८९ मत ल्याएकी छिन् ।

सम्बन्धित खबर