भरतपुरमा रेनु दाहालको अग्रता फराकिलो बन्दै, विजय सुवेदी १०९ मतले पछाडी !

दियो पोस्ट  

भरतपुर । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले नेकपा एमालेका विजय सुवेदीलाई १०९ मतले पछि पारेकी छन्।

हालसम्म गणना भएको १८६८३ मत मध्ये रेनुले ६२४९ मत पाएकी छन् भने प्रतिस्पर्धी सुवेदीले ६१४० मत पाएका छन्। यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३०३८ मत पाएका छन्।

उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारी ७६११ मतसहित पहिलो स्थानमा छन्। उनलाई राप्रपाकी हिमला गुरूङले ५०३२ मत ल्याएर पछ्याइरहेकी छन्।

सम्बन्धित खबर