धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका अध्यक्षमा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका कृष्ण थपलिया(विवेक) विजयी भएका छन् । उपाध्यक्षमा पनि गठबन्धनबाटै एकीकृत समाजवादीका टाप बहादुर श्रेष्ठ विजयी भएका छन् ।
अध्यक्षमा विजयी भएका विवेकले ७,६८० मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी एमालेका देवप्रकाश त्रिपाठीले ५,०७२ मत पाएका छन् ।
यस्तै उपध्यक्षमा विजयी श्रेष्ठले ५,९०१ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी एमालेकी हिरादेवी रेग्मीले ४,६६७ मत पाएकी थिईन् ।
१० वटा वडा रहेको बेनिघाट रोराङमा २, ४, ५, ६, ७ र ८ गरी माओवादी केन्द्रले ५ वडा, एमालेले ३ र ९, कांग्रेसले १ र १० वडामा विजयी भएको छ ।