एमालेका निलम्बित सांसद मोहन बानियाँका छोरा हतियार सहित पक्राउ

दियो पोस्ट  

मुगु । मुगुबाट निर्वाचित नेकपा एमालेका निलम्बित सांसद मोहन बानियाँका कान्छा छोरा हतियार सहित पक्राउ परेका छन् । खत्याड गाउँपालिका ७ माँझचौरमा बानियाँका कान्छा छोरा अर्पण बानियाँ पेस्तोलसहित प्रहरीले पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अर्पणलाई थप अनुसन्धानका लागि बुधबार जिल्ला सदरमुकाम ल्याइने प्रहरीले जनाएको छ । खत्याड गाउँपालिकाको मतगणना माझचौरमा भइरहेको अवस्थामा प्रहरीले उनलाई पेस्तोलसहित फेला पारेको थियो ।
निलम्बित सांसद बानियाँले एक शिक्षिकालाई नेपालगन्ज स्थित एक होटलमा बलात्कार गरेको अभियोग छ । उनलाई केही महिना अघि प्रहरीले पक्राउ गरि मुद्दा चलाएको थियो ।