कांग्रेसको गढमा माओवादी झण्डा, २०७४ मा आधा मतान्तरले पराजित हरिले जिते वडाध्यक्ष !

दियो पोस्ट  

 

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ गत निर्वाचनसम्म नेपाली कांग्रेसको गढ थियो ।

२०७४ सालमा सम्पन्न निर्वाचनमा कांग्रेसका उम्मेदवारले नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई आधा मतान्तरले हराएका थिए । तर, गत वैशाख ३० मा सम्पन्न स्थानिय तहको निर्वाचनमा भने कांग्रेसले नमिठो हार व्यहोर्नु परेको छ ।

आधा मतको फरकमा २०७४ सालको निर्वाचनमा पराजित भएका नेकपा माओवादी केन्द्रका उम्मेदवार हरि विक यो निर्वाचनमा सानदार ढंगबाट निर्वाचित भएका छन् ।

उनले नेपाली कांग्रेसका उम्मेदवार राम प्रसाद बुर्लाकोटीलाई पराजित गरेका हुन् ।

विकले ८ सय ४३ मत पाए भने उनका निकटतम प्रत्यासी बुर्लाकोटीले ८ सय ११ मत पाए । नेकपा एमालेका देव बहादुर बसौलाले जम्मा ८३ मत मात्रै पाएका थिए ।