काठमाडौं महानगरमा बालेनको अग्रता दोब्बर, केशव स्थापित भन्दा सृजना सिंह अगाडी !

दियो पोस्ट  

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर पदका लागि जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाह पहिलो स्थनमा छन् तर, दोस्रो स्थानमा भने नेपाली कांग्रेसकी उम्मेदवार सृजना सिंहले उछिनेकी छिन् ।

यसअघि दोस्रो स्थानमा रहेका केशव स्थापित तेस्रोतमा पुगेका छन् । केहीबेरअघि सार्वजनिक मत परिणाम अनुसार मेयरका उम्मेदवार स्थापितले १७ हजार ६७८ मत पाउँदा सिर्जनाले १७ हजार ७०२ मत पाएकी छन् । सिर्जनाले २४ मतले अग्रता लिएकी हुन् ।

स्वतन्त्र उम्मेदवार बालेनले ३२ हजार ९७८ मत पाएका छन्।