चितवन । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालले निरन्तर अग्रता बढाउँदै लगेकी छिन् । अहिलेसम्म ७८ हजार ३१५ मतगणना हुँदा दाहाल ६ हजार १३८ मतले अग्रतामा छिन् ।
पछिल्लो मत परिणामअनुसार दाहालले ३० हजार ३९४ मत सहित अग्रतामा छिन् भने उनकी प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले २४ हजार २५६ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले अहिलेसम्म १० हजार ७२१ मत पाएका छन् ।
यस्तै उपमेयरमा कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीको अग्रता कायमै छ । उनले ३२ हजार ८२९ मत पाएका छन् भने उनका प्रतिस्पर्धी राप्रपाका उम्मेदवार हिमला गुरुङले १८ हजार ८२७ मत पाएकी छिन् ।