पूर्व मिस नेपाल माल्बिका सुब्बालाई पनि ‘नियन्त्रण’मा लिने प्रहरीको तयारी !

दियो पोस्ट  

काठमाडौं । ८ वर्षअघि सुन्दरी प्रतियोगितामा सहभागी एक किशोरीमाथि बलात्कार भएको घटनामा प्रहरीले मनोज पाण्डेलाई पक्राउ गरेको छ । शनिबार उनलाई प्रहरी स्वयम्भुबाट पक्राउ गरेको हो ।

उक्त घटनामा प्रहरीले पूर्व मिस नेपाल माल्बिका सुब्बालाई पनि नियन्त्रणमा लिने तयारी गरेको छ । उनलाई पनि सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिने तयारी गरेको हो ।

पक्राउ परेका पाण्डेलाई प्रहरीले बलात्कार र मानव बेचविखन मुद्दा चलाउने तयारी गरेको छ । पीडित युवतीले आफूमाथि पाण्डेले बलात्कार गरेको घटना तत्कालिन सुन्दरी प्रतियोगिताको निर्णायक समेत रहेकी सुब्बालाई सुनाउँदा पनि असहयोग गरेको भिडियोमा बताएकी थिइन् ।

सोही भिडियो बयानका आधारमा प्रहरीले सुब्बालाई पनि बयानका लागि प्रहरी नियन्त्रणमा लिने तयारी गरेको हो ।