५ डिआइजी एआइजीमा सिफारिस, पहिलो नम्बरमा उत्तम सुवेदी

दियो पोस्ट  

काठमाडौं । नेपाल प्रहरीका पाँच जना प्रहरी महानिरिक्षक (डिआईजी) लाई अतिरिक्त प्रहरी महानिरिक्षक एआईजीमा बढुवाका लागि सिफारिस भएका छन् ।

 

गृहमन्त्रालयको बढुवा समितिको सोमबार बसेको बैठकले कार्यसम्पादन मूल्यांकन र ज्येष्ठताका आधारमा पाँचजनाको नाम सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुने डिआईजीहरुमा उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंह छन् ।