यी हुन् ‘छात्रामाथि सेक्स प्रस्ताव राख्ने सेन्ट लरेन्स स्कुलका शिक्षक जनक अधिकारी !

दियो पोस्ट  

काठमाडौं । काठमाडौंको चावहिल स्थित सेन्ट लरेन्स स्कुलका विद्यार्थीमाथि शिक्षकले यौन दुर्व्यवहार गर्ने गरेको घटना सार्वजनिक भएको छ ।

विद्यालयका कोअर्डिनेटर जनार्दन अधिकारीले विद्यार्थीलाई योन दुर्व्यवहार गरेको भन्दै अध्ययनरत विद्यार्थी आन्दोलनमा उत्रिएका छन् ।

 

विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले काठमाडौंको गौशाला प्रहरी वृत्तअगाडि प्रदर्शन गरेपछि घटना सार्वजनिक भएको हो ।

 

उनीहरु विद्यालयकै पहिरनमा आन्दोलनमा उत्रिएका छन् । विद्यार्थीहरुका अनुसार शिक्षक अधिकारीले एक विद्यार्थीलाई विगत २ महिनादेखि यौन हिंसा गर्दै आएका थिए ।

शिक्षक अधिकारीले ती किशोरीलाई रेस्टिकेड गरिदिने भन्दै धम्की दिँदै क्याफेमा बोलाएर यौन हिंसा गर्ने गरेको पाइएको हो ।

अधिकारीले ती विद्यार्थीलाई मिनिस्कर्ट लगाको कसतो सेक्सी देखिएको भन्दै सामाजिक संजालमा मेसेज गर्ने, ‘विल यु वि माई बेड पार्टनर’, तिम्रो घर टाढा छ मेरो घरमै बस भन्ने गरेको खुलेको छ ।

ती शिक्षकले विद्यार्थी भाग्न खोज्दा समेत दुर्व्यबहार गर्ने गरेको आन्दोलनमा सहभागीहरुको भनाइ छ ।