अन्तत : छात्रामाथि ‘सेक्स प्रस्ताव राख्ने’ सेन्ट लरेन्स स्कुलका शिक्षक पक्राउ !

diyopost.com
दियो पोस्ट  मंगलबार, जेठ १०, २०७९ | १२:४८:३६

काठमाडौँ । छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षक जनक अधिकारी पक्राउ परेका छन् ।
३ जना विद्यार्थीले दिएको किटानी जाहेरीका आधारमा कलेजका कोअर्डिनेटर समेतसमेत रहेका सामाजिक शिक्षक अधिकारीलाई पक्राउ गरिएको हो । अधिकारीलाई म्याद थपका लागि अदालतसामु उपस्थित गराउने तयारी भएको पनि प्रहरीले जनाएको छ ।

छात्रामाथि यौन प्रस्ताव राख्ने शिक्षक अधिकारी एमाले नेता गोकुल बास्कोटाको विज्ञ सल्लाहाकार !

 

मंगलबार बिहानदेखि कलेजका विद्यार्थी शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै आन्दोलित भएका छन् । शिक्षक अधिकारीमाथि केही समययता ११ र १२ कक्षामा पढ्ने छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेको छ ।

पटक–पटक कलेज व्यवस्थापनलाई यसबारेमा जानकारी दिँदा पनि सुनुवाइ नभएको भन्दै विद्यार्थी आन्दोलित भएका हुन् । मंगलबार बिहान कलेज परिसरमा प्रदर्शनपछि उनीहरू महानगरीय प्रहरी वृत्त गौशालाअगाडि नाराबाजीसहित प्रदर्शनमा उत्रिएका हुन् ।

सम्बन्धित खबर