धरानको मेयर निर्वाचित हर्क साम्पाङको पहिलो निर्णय : कर प्रणाली सुधार गर्न कार्यादल गठन !

दियो पोस्ट  

धरान । धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित स्वतन्त्र उम्मेदवार हर्क सम्पाङ राईले कर सम्बन्धी व्यवस्थालाई वैज्ञानिक र व्यवस्थित बनाउन कार्यदल गठन गरेका छन् ।
मेयरमा निर्वाचित भएको भोलीपल्ट नै उनले यस्तो निर्णय गरेका हुन् । उनको यो पहिलो निर्णय हो ।

 

‘नेपालको संविधानले स्थानीय तहलाई प्रदान गरेको एकल अधिकारको सूची भित्रका कार्यहरु सञ्चालन गर्न स्थानीय तहलाई सुम्पिएका कर तथा गैर कर राजश्वका स्रोतहरुको पहिचान दरहरुको निर्धारण, करको दायरा विस्तार गरी वैज्ञानिक स्थानीय कर प्रणालीको विकास गर्न राजश्व सम्बन्धी कार्यदल गठन गर्ने निर्णय भएको छ,’ पहिलो निर्णयमा भनिएको छ ।

कार्यदलको संयोजकमा नगर उपप्रमुख रहेका छन् । सदस्यहरुमा प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुखबाट मनोनित अर्थशास्त्री, सुनसरी उद्योग वाणिज्य संघको प्रतिनिधि छन् ।

सदस्य सचिवमा पालिकाको राजश्व महाशाखा प्रमुख तोकिएको धरान उपमहानगरका सुचना अधिकृत खगेन्द्र प्रसाद खतिवडाले बताएका छन् ।