बर्दिया राजापुरका मेयरको पत्राचार : ‘राजनीतिक दलमा लागेका शिक्षकले तुरुन्त राजिनामा दिनु !’

diyopost.com
दियो पोस्ट  बुधबार, जेठ ११, २०७९ | ८:५९:१३

काठमाडौं । बर्दियाको राजापुर नगरपालिकाको नवनिर्वाचित मेयर दिपेश थारुले राजनीतिक दलमा आबद्ध शिक्षकहरुलाई राजिनामा दिन निर्देशन दिएका छन् ।

नगरपालिकाको सम्पूर्ण विद्यालयमा कार्यरत शिक्षकहरुलाई एकमुस्ट जानकारी दिँदै उनले मंगलबार यस्तो निर्देशन दिएका हुन् ।

‘प्रचलित शिक्षा ऐन, २०२८ (संशोधनसहित) को दफा १६ (ङ)को उपदफा ५ को (छ) मा उल्लेखित व्यवस्था उल्लंघन गरी विभिन्न राजनैतिक दलमा संलग्न रही सक्रिय रुपमा राजनैतिक दलको कार्यकारीणी पदमा रही विद्यालयको पठनपाठनमा प्रभावित हुने गरी आचरण विपरितको कार्य गर्ने यस राजपुर नगरपालिका अन्तर्गत सामुदायीक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई उल्लेखित पदबाट राजिनामा दिन लगाई सोको विवरण ७ दिन भित्र यस कार्यालयमा पेश गर्न हुन जानकारी गरिन्छ,’ नगरपालिकाले विद्यालयलाई पठाएको पत्रमा भनिएको छ ।

 

नेकपा माओवादी केन्द्रबाट निर्वाचित मेयर थारुको यो निर्णयको चौतर्फी चर्चा भएको छ ।

उनी नेपाली कांग्रेसका दिपकजंग शाहलाई पराजित गर्दै मेयर निर्वाचित भएका थिए । उपमेयरमा पनि माओवादी केन्द्रकै मनकला चौधरी निर्वाचित भएकी छिन् ।

सम्बन्धित खबर