काठमाडौं । व्यक्तिलाई ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको अभियोगमा पक्राउ परेका आधारभूत बहुउद्देश्यीय सकारी संस्थाका अध्यक्ष खड्ग बहादुर देवकोटा सुटुक्क छुटेको खुलाशा भएको छ ।
आधारभूतका अध्यक्ष देवकोटाले आइतबार साँझ बाँटो ढुकेर सत्य शक्ति बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धनिर्देशक रोमनाथ भण्डारीलाई काठमाडौं महानगरपालिका वडा नंं १७ स्थित धोबीचौरमा सांघातिक आक्रमण गरेका थिए । अध्यक्ष देवकोटाको नेतृत्वमा रहेको सात आठ जना रड खुकुरी लगायतका हतियारधारी जत्थाले भण्डारीमाथि सांघातिक आक्रमण गरेको थियो । आक्रमणपछि प्रहरीले सोह्रखुट्टे प्रहरीले पक्राउ गरेपनि सुटुक्क छाडिएका हुन् ।
उक्त आक्रमणमा परेका भण्डारीलाई वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरेर उपचार भइरहेको छ । उनको टाउकोमा गम्भीर चोट लागेको छ ।
घाइतेकाे भिडियाे बयान
अध्यक्ष देवकोटालाई प्रहरीले आक्रमण लगत्तै उनकै निवासबाट पक्राउ गरेको थियो । ज्यान मार्ने उद्योगमा पक्राउ परेका अध्यक्ष देवकोटालाई जोगाउन विभिन्न राजनीतिक दलका नेताहरुबाट प्रहरीलाई चर्को दबाब परेको थाहा भएको छ । स्रोतका अनुसार उनलाई छाड्न नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दबाव दिएका थिए । हाल महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेका प्रमुख डिएसपी दुर्गा दाहाल एमाले निकट व्यक्ति भएका कारण उनलाई ओलीको दबाव परेको आरोप छ । गत वैशाख ९ गते पूर्वराजदूत लक्की शेर्पासँगै एमाले प्रवेश गरेका धर्मदत्त देवकोटाले एमालेका उच्च नेतृत्वलाई गुहारेपछि प्रहरीमा दबाव परेको हो ।
धर्मदत्तसँगै खड्ग देवकोटा पनि सोही दिन एमाले प्रवेश गरेको उनी निकटहरु बताउँछन् । त्यही कारण प्रहरीलाई छाड्न दबाव परेको स्रोतले बताएको छ ।