काठमाडौं महानगरपालिका १३ मा एमालेका मानन्धर विजयी

दियो पोस्ट  

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नंबर १३ मा नेकपा (एमाले) का ध्रुव नारायण मानन्धर विजयी भएका छन् । उनले तीन हजार १२४ मत ल्याएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुरेन्द्र मानन्धरले दुई हजार ६५४ मत प्राप्त गरेका थिए ।

महिला सदस्यमा रजनी महर्जन (धौवान्जार) दुई हजार ८४१ मतसहित विजयी भएकी हुन् । दलित महिला सदस्यमा एमालेका मैयाँ देउला र सदस्यद्वयमा एमालेका रुपेश महर्जन र एमालेका राम बाबू कोइराला विजयी भएका छन् ।

सम्बन्धित खबर