प्रतिनिधिसभा बैठक : सांसदको सहभागिता न्यून

दियो पोस्ट  

काठमाडौं, प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ। सरकारले बजेट अघि सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रतिनिधिसभा सदस्यको सहभागिता उत्साहजनक हुनुपर्ने हो। तर, अन्य समयमा जस्तै नीति तथा कार्यक्रममाथिको छलफल सम्बन्धी कार्यसूची रहेको बैठकमासमेत प्रतिनिधिसभा सदस्यको संख्या कमै देखियो।

बिहीबारको बैठकमा नीति तथा कार्यक्रमको संशोधनका लागि सूचना पेश गर्नुभएका विभिन्न दलका ६ सांसदसहित प्रतिपक्षी दल नेकपा ९एमाले० का अध्यक्ष केपीशर्मा ओली, नेकपा ९एकीकृत समाजवादी० पार्टीका वरिष्ठ नेता झलनाथ खनाललगायत विभिन्न दलका सांसदले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिएकाछन। छलफल शुक्रबार पनि जारी रहनेछ।

बिहीबारको बैठकमा देखिएका खाली कुर्सी ।

सम्बन्धित खबर