काठमाडौंलाई विश्वकै उत्कृष्ट शहर बनाउछौं : बालेन शाह

diyopost.com
दियो पोस्ट  शुक्रबार, जेठ १३, २०७९ | ११:४२:१८

काठमाडौं, । काठमाडौं महानगरपालिका प्रमुखमा नवनिर्वाचित स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले महानगरलाई आगामी पाँच वर्षमा विश्वकै उत्कृष्ट शहर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन।

महानगरको अन्तिम मतपरिणामको घोषणा पश्चात शाहले स्थानीय निर्वाचनको मतपरिणाम कुनै विजयीभन्दा पनि एउटा कार्यको सुरुवातको रुपमा लिएको धारणा व्यक्त गरेका छन।

“हाम्रो भिजन, एजेण्डालाई अबको पाँच वर्षमा पूर्णरुपमा कार्य सम्पन्न गर्ने धारणा रहेको छ । सम्पूर्ण नगरबासी, साथीभाई, परिवारजन, सधैँ हामी परिवार थियौं, सधैं परिवार नै रहनेछौं ।,” उनले बताए।

काठमाडौं महानगरलाई विश्वकै उत्कृष्ट शहर बनाउने आशा रहेको भन्दै उनले संक्षिप्त प्रतिक्रिया दीएका हुन् ।

अहिले काठमाडौंको विभिन्न स्थानमा शाहको धन्यवाद ज्ञापन एवम् विजय र्‍याली भइरहेको छ ।

सम्बन्धित खबर