काठमाडौं,। सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ परका छन् । कर्तव्य ज्यानसम्बन्धी मुद्दामा कैद सजाय घटाउने फैसला सर्वोच्च अदालतले उल्टाइदिएपछि फरार रहेका कोइरालालाई प्रहरीले शुक्रबार काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको हो ।
बिहीबार सर्वोच्च अदालतले कोइरालाको फैसला उल्ट्याउँदै जिल्ला अदालत काठमाडौंले गरेको फैसलाअनुसार कर्तव्य जानको मुद्दामा जन्मकैद हुने फैसला सुनाएको थियो ।