नेपाल वायुसेवा संघले भन्यो-‘बेपत्ता विमान लार्जुङ क्षेत्रमा ‘लोकेट’ भएको छ’

दियो पोस्ट  

काठमाडौं । हराइ रहेको तारा एयरको ९एन-एइटी साइनको ट्विनअटर जहाज लार्जुङ क्षेत्रमा लोकेट भएको नेपाल वायुसेवा संघले जनाएको छ।

जहाज मुस्ताङको लार्जुङ क्षेत्रमा भेटिएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले नेपाल समयलाई बताए। जहाज लार्जुङ क्षेत्रको डाँडाको खोँचमा लोकेट भएको उनले बताए। तर, खराब मौसमका कारण हेलिकप्टर पुग्न नसकेको उनले बताए। पटक९कटक हेलिकप्टर त्यहाँ पुग्न खोज्दा पनि पुग्न नसकेको उनको भनाइ छ।

‘तीनपटकसम्म प्रयास गर्दा पनि खराब मौसमका कारण हेलिकप्टर पुग्न नसकेको छैन। वर्षा भइरहेको छ। त्यहाँ पुग्न निकै कठिन छ। लोकेट भएको क्षेत्रमा पैदल जाने प्रयास भइरहेको छ’ उनले भने।

बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्विनटर विमान करिब १०ः १० पछि सम्पर्कविहीन भएको थियो। जहाजमा १९ यात्रु र चालक दलका तीन सदस्यसहित २२ जना सवार छन्।