पाइलट उत्सव पोखरेलका बहिनीको दुखेसो -‘मम्मी बाबाले पर्खिदै हुनुहुन्छ आइज न घर फर्केर’

तारा एयर जहाज दुर्घटना

diyopost.com
दियो पोस्ट  सोमबार, जेठ १६, २०७९ | १९:१२:४०

काठमाडौँ । आईतबार विहान पोखरादेखि जोमसोम गएको तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित सानुसरे भन्ने भिरमा ठोक्किएर दुर्घटना भएको पुष्टि भएको छ । उक्त विमान दुर्घटनामा चालकदल सहित २२ जना सवार रहेको नागरीक उड्यान प्राधिकरणले जनाएको छ ।

हालसम्म २१ जनाको शव फेला पारेको नेपाली सेनाका प्रवक्ता तथा सहायक रथि नारायण सिलवाल जानकारी दिए । आईतबार विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोम तर्फ जाँदै गरेको ट्वीनअटर विमान दुर्घटनाग्रस्त अवस्थामा सोमबार विहान फेला परेको हो ।

दुर्घटनाको चालक दलमा प्रभाकर घिमिरे र उत्सव पोखरेल थिए । तिनै चालक दलका पाइलट उत्सव पोखरेलका बहिनीले दुर्घटनाप्रति दुखेसो व्यक्त गरेकी छिन् । उत्सव पोखरेलका बहिनी पुजा पोखरेलले आफ्नो टिकटक एकाउण्ट मार्फत दुखेसो व्यक्त गरेकी हुन् ।

उनले टिकटकमा आफ्नो दाजु (उत्सव पोखरेल)को तस्बिर पोस्ट्याउँदै फर्केर आउन अपिल गरेकी छिन् । उनले लेखेकी छन्,‘तलाई छुर्पी ल्याईदिन्छु, इक्जाम राम्रोसँग गर, यो कुरा अझै आईरहेको छ दादा मम्मी बाबाले वेट गर्दै हुनुहुन्छ, आईज न भर फर्केर । मलाई नि पाईलट बनाउछु भन्थिस् आफै छोडेर गईस् ।’

 

सम्बन्धित खबर