बालकृष्ण खाँणसहित तीन जनाको बयान जारी, आइतबारदेखि थुनछेक बहस

नक्कली भुटानी शरणार्थी प्रकरण :

दियो पोस्ट  

काठमाडौं । जिल्ला अदालत, काठमाडौंमा पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणको बयान जारी छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै मानव तस्करी गरेको आरोपमा पक्राउ परेका खाँणसहित शरणार्थी अधिकारवादी नेता टेकनाथ रिजाल र हरिकृष्ण महर्जनको पनि बयान भइरहेको छ ।

प्रकरणमा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले ३० जनालाई प्रतिवादी बनाएर राष्ट्रहित प्रतिकूल हुने कसूर, संगठित ठगी र कीर्तेमा मुद्दा दायर गरेको थियो । पक्राउ परेकामध्ये १५ जनाको बयान सकिइसकेको छ ।

आइतबारदेखि थुनछेक बहस हुँदैछ । बहसपछि आरोपीलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्नेमध्ये एक आदेश हुनेछ ।

उनीहरूविरुद्ध ठगी, राज्यविरुद्धको अपराध, सरकारी दस्तखत कीर्ते, संगठित अपराधको अभियोगमा मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन नेपाल प्रहरीले सरकारी वकिलको कार्यलायलाई बुझाएको छ ।

TATA ADD