सांसदहरुद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध, एक घन्टाका लागि स्थगित

नागरिकता विधेयक प्रमाणीकरण

दियो पोस्ट  

काठमाडौं । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले नागरिकता विधेयक प्रमाणीकरण, प्रधानमन्त्रीको भारत भ्रमण र आममाफीको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै प्रतिनिधिसभामा अवरोध गरेपछि सभामुख देवराज घिमिरेले १ घन्टाका लागि बैठक स्थगित गरेका छन् ।

सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई जवाफ दिन रुलिङ गरेपछि पनि संसद्मा नाराबाजी नरोकिएपछि भएपछि बैठक एक घन्टाका लागि स्थगित गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक ढंगले नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै उनीहरुले बैठक अवरुद्ध पारेका हुन्।

एमाले, रास्वपा र राप्रपाका सांसदले आफ्नो सिटबाट उठेर नाराबाजी गरेका थिए ।