१ घन्टाका लागि स्थगित प्रतिनिधिसभाको बैठक भोलिलाई सर्‍यो

दियो पोस्ट  

काठमाडौं । एक घन्टाका लागि स्थगित प्रतिनिधिसभाको बैठक पनि भोलि सोमबारसम्मका लागि स्थगित भएको छ। सोमबार बिहान ११ बजेका लागि अर्को बैठक बोलाइएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक ढंगले नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै एमाले, रास्वपा र राप्रपा सांसदहरूले आजको बैठक अवरुद्ध पारेका थिए।

राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक निष्क्रिय बनाई एक हप्ताभित्र सरकारले अर्को विधेयक नल्याएसम्म संसद् बैठक चल्न नदिने एमालेको चेतावनी छ। बैठक अवरोधपछि एमाले अध्यक्ष केपी ओलीले संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्र, संविधान र भूमिको रक्षापछि मात्रै संसद्को गतिरोध हट्ने बताएका छन्।