काठमाडौं । सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललाई सांसदहरूले पटक–पटक अवरोध गरेका छन्।
नागरिकता विधेयक प्रमाणीकरणका सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले प्रष्टीकरण दिइरहने क्रममा उनलाई सांसदहरुले रोकेका छन् ।
प्रधानमन्त्री प्रचण्ड बोल्न थाल्दा फेरि एमाले सांसदहरू उठेका थिए। त्यसपछि सत्तापक्षका सांसदहरू पनि वादविवादमा उत्रिएका थिए। केही बेर सांसदहरुबीच जुहारी चलेको छ ।