ओलीको प्रश्न– नागरिकता विधेयक कहिलेको, कुन सभामुखले सिफारिस गरेको ?

दियो पोस्ट  

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक पुनः संसद्‌मा छलफलका लागि आउनुपर्ने बताएका छन् । सोमबार संसद्‌मा बोल्दै ओलीले यस्तो बताएका हुन् ।

“नागरिकता विधेयकलाई संसद्‌मा ल्याउनुपर्छ । फेरि ल्याउनुपर्छ । जसो गरेर पनि ल्याउनुपर्छ । यो नयाँ सांसद हो । छलफल गर्न पाउनुपर्छ । भूत भइसकेको त्यो विधेयक कहिलेको, कुन सभामुखले सिफारिस गरेको ? कस्तो तरिका होला ?,” ओलीले प्रश्न गरे ।

उनले प्रधानमन्त्री प्रचण्डले घुमाएर जनताले नबुझ्नेगरी कुरा फिटेको बताए । “यो तीनतासेले तास फिटेजस्तो कुरा होइन प्रधानमन्त्रीजी । लोकतान्त्रिक अभ्यासमा लोकतान्त्रिक अभ्यास नै हुनुपर्छ,” उनले भनेका छन् ।