अवैधलागूऔषध गाँजासहित एक जना पक्राउ

दियो पोस्ट  

मकवानपुर । मकवापुरको हेटौंडा उपमहानगरपलिका–१५ पारिश्रमिक टोलबाट अवैध लागूऔषध गाँजा २ केजी ५ सय ग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही बस्ने ४० वर्षीय राम थापा रहेका छन् ।
थापाले आफ्नै घरमा लागूऔषध गाँजा लुकाई छिपाई राखेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट हरियालीबाट खटिएको प्रहरीको टोलीले घर तलासी गर्दा उक्त गाँजासहित फेला पारी बुधबार दिउँसो उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।